तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरूलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन मन्त्रालयले पत्राचार गरेको हो।

सात वटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई शुक्रबार मन्त्रालयले पत्राचार गरेको हो। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्नका लागि प्रदेश अन्तर्गतका सम्पूर्ण निकायहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेलमा पठाउन अनुरोध गरिएको छ।