प्रतिनिधि सभाको सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध सभामुख पदमा निर्वाचित भएको घोषणा गरेका हुन्। सभामुख पदमा अरू कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम लगायत रास्वपाका सांसदहरूसँग उनले खुसी साटेका छन्।