राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी भण्डारीको उम्मेदवारी दर्ता

काठमाडौँ। राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन् । रिक्त रहेको उपाध्यक्ष पदमा आइतबार (चैत २२) भण्डारीले उम्मेदवारी दिएकी हुन्। 

राष्ट्रिय सभामा दलहरूबीच उपाध्यक्ष पद एमालेलाई दिने र संसदीय सभापति पद अरू दलले बाँड्ने सहमति भएको थियो। सोहीअनुसार, उनले उम्मेदवारी दिएकी हुन्। उम्मेदवारी मनोनयनका लागि संसद् सचिवालयले दिउँसो २ः३० देखि ३ः३० सम्मको समय तोकेको थियो।