नारायण कँडेल महान्यायाधिवक्ता पदमा नियुक्त

काठमाडौँ। सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रूपमा रहने गर्छन्। सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताकाे हो।

सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा नियुक्त भएका कँडेल रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी थिए।