सेयरबजार घट्दा, झन्डै ९ अर्बको कारोबार

काठमाडौँ। सेयरबजार १३.४६ अंकले घटेको छ। शुक्रबार नेप्से ०.४७ प्रतिशतले घटेर २८३७.७७ विन्दुमा रोकिएको हो। यस दिन ५६ वटा सेयर बढेका छन्। जसमध्ये ४ वटाको सर्किट ब्रेक र ४ वटाको सर्किट तहमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर १० प्रतिशतले बढेको हो। 

योसँगै यी सेयरधनीले क्रमशः १०८.३०, ९४.१०, ६८.१० र ३० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। यसबाहेक रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर डेभलपमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको क्रमशः ९.९९, ९.९९, ९.९९ र ९.३६ प्रतिशतले सेयर मूल्य बढेको छ। 

आज गिरावट आएका सेयरहरुको मूल्य अधिकतम ४.१७ प्रतिशतसम्म घटेका छन्। शुक्रबार नेशनल हाइड्रोपावरको ५१ करोडको सर्वाधिक कारोबार भएको छ भने रिलायन्स स्पिनिङको ४३ करोड, रिडी पावरको ३८ करोड, सोलु हाइड्रोपावर ३६ करोड र आँखु खोला जलविद्युत् कम्पनी ३१ करोडको कारोबार भएको छ। यस दिन जलविद्युत्, उत्पादन र प्रशोधनबाहेक सबै समूह घटेका छन्। 

सरकारले इन्धन संकट भन्दै आइतबार पनि विदा दिन थालेपछि पहिलोपटक शुक्रबार पनि कारोबार भएको हो।