'इहिरी' र 'द रिचुअल'को कथा लिएर दङ्गाली युवाहरू काठमाडौँमा, विशेष प्रदर्शनी जारी

काठमाडौँ। दाङका युवा चलचित्रकर्मीहरूले निर्माण गरेको दुई चलचित्रको काठमाडौँमा विशेष प्रदर्शनी भइरहेको छ।  

दाङका स्थानीय युवाहरूले निर्माण गरेको चलचित्र 'इहिरी' र 'द रिचुअल' काठमाडौँको थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा प्रदर्शन भइरहेको छ। रोल्पाका मगर समुदायको मौलिक परिवेश र परम्परामा आधारित यी दुई फिल्म गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

चलचित्रकर्मी विशाल रोका मगरले निर्देशन गरेको चलचित्र 'द रिचुअल' यसअघि 'भक्तपुर फिल्म फेस्टिबल' र काठमाडौँ 'हरर फिल्म फेस्टिबल'मा पनि छनोट भएको थियो। यस चलचित्रमा समाजमा आधुनिक समाजको प्रभावसँगै दोधारमा परेको स्थानीय विश्वास, रितिथितिको विषयमा आधारित छ। मगर समुदायमा परम्परादेखि रहेको झाँक्री परम्परालाई प्रमुख केन्द्र मानेर द रिचुअलको चलचित्र निर्माण गरिएको छ। 

यसैगरी विशालकै निर्देशन रहेको चलचित्र 'इहिरी' भने पहिलोपटक प्रदर्शन गरिएको हो। रोल्पाको उपल्लो क्षेत्रमा छायाँङ्कन गरिएको फिल्म आजभन्दा झण्डै १० वर्ष अगाडि छायाँकन गरिएको हो। तर यसको प्रदर्शन भने अहिले आएर १० वर्षपछि गरिएको हो। उक्त चलचित्रमा खाम मगर समुदायको जीवनशैली र भूमिमाथिको स्वामित्वको परम्परालाई देखाइएको छ।

निर्देशक विशाल रोकार मगर यसअघि निर्माण गरेको चलचित्र 'लाहुरेनी' डकुमेन्ट्रीबाट चर्चामा आएका थिए। 'लाहुरेनी'ले सन् २०२१ को फिल्म साउथ एशियामा उत्कृष्ट डेब्यु फिल्ममेकर अवार्ड प्राप्त गरेको थियो।

'सिनेमाज अफ दाङ' नामकरण दिइएको विशेष प्रदर्शनी आगामी जेठ ८ गतेसम्म चल्नेछ। ऐरावत पिक्चर हाउस डक्स्कुलद्वारा स्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवर्धन गर्ने हेतुका साथ जनवरी महिनाबाट सञ्चालनमा ल्याइएको हो।


Show Times:
4:30 - The Ritual
5:45 - Ihiri
टिकटहरू प्रदर्शनीस्थल वा अनलाइन मार्फत् उपलब्ध छन्।
रु. ३०० मा दुईवटा टिकट पाउनुहोस्, एउटै दिन वा फरक दिन हेर्न सक्नुहुनेछ।
एकल शोको टिकट मूल्यः रु. २००।
reservation: docskool.org.np/cinema
Whatsapp: https://wa.link/4dftsv
स्थान: Airavat Picture House, Thapathali, Kathmandu

Google Location Link: https://maps.app.goo.gl/yD24HLXuaYLUJEqk9