सुनसरी घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौँ। सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ।
यसैबीच सुनसरी घटनाबारे छलफल गर्न आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।