एकैपटक ४१४ नायब सुब्बाको सरुवा, विभिन्न मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं, ३ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)को सरुवा तथा कामकाज व्यवस्थापन गरेको छ। मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार ४१४ जना नायब सुब्बाको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो।

यसरी सरुवा हुनेमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाको संख्या ठूलो छ। विभिन्न मन्त्रालय, विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्य निकायमा जिम्मेवारी तोकिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

निर्णयअनुसार केही कर्मचारीलाई गृह मन्त्रालय, केहीलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सूचना तथा सञ्चार मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा सरुवा गरिएको छ।

त्यसैगरी, कतिपय कर्मचारीलाई सम्बन्धित मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ भने केहीलाई विभाग तथा मातहतका कार्यालयमा कामकाजका लागि खटाइएको छ।

मन्त्रालयले एउटै मितिमा फरक–फरक निर्णय विवरणमार्फत कर्मचारी व्यवस्थापन गरेको देखिन्छ। पछिल्लो निर्णयमा पनि विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाहरूलाई मन्त्रालय, विभाग तथा मातहतका निकायमा जिम्मेवारी तोकिएको छ।

ठूलो संख्यामा गरिएको यो सरुवासँगै विभिन्न सरकारी कार्यालयमा कार्यरत नायब सुब्बाको कार्यस्थल तथा जिम्मेवारीमा व्यापक हेरफेर भएको छ।

हेर्नूहोस् सरुवा भएकाहरूको विवरणः

https://drive.google.com/file/d/1yzq7J-Z8Ixv5PkBl8FGKkn-RlAs0KQCi/preview