४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' लेखिनुपर्छ: उपसभामुख ठाकुर

फाइल फोटो

काठमाडौँ। उपसभामुख रुवीकुमारी ठाकुरले विवाहको निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै सभामुख ठाकुरले त्यस्तो बताएकी हुन् । 'दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोजग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो । यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ', उनले भनेकी छिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्