२ भदौ २०८३, मङ्गलबार
18 August , 2026,Tuesday

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठ

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो। 

जनआस्था को अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो। त्यसयता उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

पत्रकार श्रेष्ठले समाचारमा राखेको उक्त तस्वीर जाहेरवाला आफैँले सामाजिक सञ्जालमा प्रविष्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन नगर्न नसकेको आदेशमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्