पछिल्लो २४ घण्टामा ३८ वटा विपद्का घटना, तीन जनाको मृत्यु
फाइल फोटो
काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकका २८ जिल्लामा ३८ विपद्का घटना भएका छन्। उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले जनाएको छ।
विपद्का कारण १ करोड १४ लाख ७२ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ। आगलागीका १५ घटनामा २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। आगलागीबाट १३ जिल्ला प्रभावित छन्। त्यस्तै, सर्प दंशका २ घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा बाढीका ५, पहिरोका ४, चट्याङका ५, र हावाहुरीका ३ वटा घटनाहरू भएका छन्। चट्याङका कारण ९ जना घाइते भएका छन् भने हावाहुरीबाट १ जना घाइते भएका छन् ।
बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यसैगरी, वन डढेलोका २, अविरल वर्षाको १ र जनावर आक्रमणको १ घटना दर्ता भएका छन्।