एमाले सांसद लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ। दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो।
दलीय सहमतिमा भण्डारीलाई अघि बढाउने सहमति भएको काँग्रेस सांसद पदम परियारले जानकारी दिए। उनले भने, 'दलहरूका सहमतिअनुसार उपाध्यक्ष एमालेलाई दिने र संसदीय समितिमा काँग्रेसले २ र अरू दलले १/१ लिने सहमति भएको बुझिएको छ । त्यसको औपचारिक जानकारी भने आएको छैन।'
राष्ट्रियसभामा काँग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रियसभा अध्यक्षसहित) छन्। राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ।