२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

प्रतिनिधि सभाको उपसभामुखमा नेकपाले उम्मेदवारी दिने

फाइल फोटो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले उपसभामुखमा आफ्नो दाबी रहने बताएको छ। 

आइतबार संसद् भवन सिंहदरबारमा नेता वर्षमान पुनले पार्टीले उपसभामुखमा दाबी गर्ने बताए। उनले भने, ''उपसभामुखमा हाम्रो स्वभाविक दाबी रहन्छ । यस विषयमा राजनीतिक दलसँग परामर्श जारी छ।'' 

यसका लागि अन्य दलहरूसँग परामर्श जारी रहेको पुनले बताए। हाल जनअपेक्षाअनुसार स्थायी सरकार प्राप्त भएको भन्दै अवसरको सदुपयोग गर्न उनले सरकारको ध्यानाकर्षण गराए। नवनिर्वाचित सभामुख परिपक्व रहेको भन्दै सदनको कार्य सञ्चालन राम्रोसँग अघि बढ्ने विश्वास रहेको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्