२७ साउन २०८३, बुधबार
12 August , 2026,Wednesday

ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

फाइल फोटो

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले  ग्यासको अभाव हटाउन सरकारलाई रुलिङ गरेका छन्। 
संसद् र जनस्तरबाट समेत व्यापक गुनासो आएको भन्दै राष्ट्रियसभाका अध्यक्ष दाहालले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
अध्यक्ष दाहालले भने, 'शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा विक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।'

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा अध्यक्ष दाहालले ग्यासको अभावका कारण सर्वसाधारणले समस्या भोगिरहेको भन्दै समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

दैनिक उपभोग्य वस्तुमध्ये अत्यावश्यक मानिने खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताउँदै उनले खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्री वितरण सहज बनाउन सरकारलाई संसद्ले ध्यानाकर्षण गराएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्