२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

कलाकार टिका-लेखराज दम्पतीले गरे बाढी पीडितलाई सहयोग

काठमाडौं, २० भदौ । कलाकार टिका प्रसाईँ र लेखराज गुरुङ दम्पतीले भोटेकोशी बाढीपीडितलाई सहयोग गरेका छन्। गायिका टिका प्रसाईँ र उनका श्रीमान् गायक लेखराज गुरुङले १९ औँ वैवाहिक वर्षगाँठको अवसरमा आफूले सकेको सहयोग बाढी पीडितलाई उपलब्ध गराएका हुन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार १५१ रुपैयाँ रकम जम्मा गरेको जानकारी दिँदै उनीहरूले कृष्ण जन्माष्टमीका दिन आफ्नो १९औँ वैवाहिक वर्षगाँठ परेपनि देशमा परेको विपद्का कारण यस वर्ष खुसी मनाउन नसकेको बताएका छन्।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भइरहेको अवस्थामा वर्षगाँठको खुसीभन्दा पीडितको दुःखमा साथ दिनुपर्ने भन्दै उनीहरूले आफ्नो सानो सहयोगले भए पनि पीडितको घाउमा मलहम लगाउन सकोस् भन्ने भावना व्यक्त गरेका छन्। गायिका प्रसाईँले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'देश दुखेको बेला हाम्रो सानो सहयोगले यो दुःखमा अलिकति भए पनि मलहम बनोस् ।'


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्