२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

डेपुटी गभर्नरमा नियुक्त पण्डितले शपथ सँगै गरे पदबहाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका पण्डितले आजै पदबहाली गरे।

मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको हो। ०६२ माघ २ गते सहायक निर्देशकको रूपमा राष्ट्र बैंक प्रवेश गरेका पण्डित ०६८ मा उपनिर्देशक, ०७४ मा निर्देशक हुँदै ०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्