२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

सिबिएम कलेज एसइई फुटसलको उपाधि एचडब्ल्यूसी र एबिसी गर्ल्जलाई

तस्बिरहरूः शब्दन्युज

काठमाडौँ । सिबिएम कलेज एसइई फुटसल टुनामेन्टको उपाधि एचडब्ल्यूसी र स्याभेज सिस्टरले प्राप्त गरेका छन्।

काठमाडौँले एसइई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरेर सिबिएम कलेजले फुटसल टुनामेन्टको आयोजना गरेको हो। जसअन्तर्गत पुरुषतर्फ एचडब्ल्यूसी फुटसल ग्रुपले उपाधि हात पार्न सफल भयो भने महिलातर्फ एबिसी गर्ल्ज ग्रुप विजेता भएको छ।

यसैगरी पुरुषतर्फ इन्साइट भिजन स्कुल उपविजेता बनेको छ भने, महिलातर्फ स्याभेज सिस्टर ग्रुप उपविजेता भएको छ। फुटसल प्रतियोगितामा विजेता र उपविजेता बनेका समूहलाई सिबिएम कलेजका अध्यक्ष लेखनाथ कोइरालाले नगद राशि पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

विजेता समूहलाई नगद १०/१० हजार रुपैयाँ र उपविजेता समूहलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो।

त्यस अवसरमा पुरस्कार वितरण गर्दै कलेजका अध्यक्ष तथा पुरस्कार वितरण समारोहका अध्यक्ष कोइरालाले एसइई दिएर बसेका विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा जोड्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरिएको बताए। कार्यक्रममा स्वागत गर्दै नरेश भण्डारीले विद्यार्थीहरूलाई शिक्षासँगै अन्य क्रियाकलापहरूमा पनि सक्रिय बजाउने उद्देश्यले फुटसलको आयोजना गरिएको बताए।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्