४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

कानुन निर्माणको कामलाई तीव्रता दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरे।

संघीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रूपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताउँदै मन्त्री गौतमले सरकारलाई जबाफदेही बनाउन संघीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिए। 'अब यस पटकको संसद्ले स्पष्ट जिम्मेवारी कानूनी रिक्तता पूरा गर्न, शासनलाई प्रभावकारी बनाउन, सरकारलाई जबाफदेहिताको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाइ गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्ने साहस देखाउनै पर्दछ । र, काम गर्ने संसद्को पहिचान स्थापित गर्नै पर्दछ', मन्त्री गौतमले भने, 'म कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमा अघि बढाउनका लागि प्रतिबद्ध छु भन्ने कुरा पनि संसद्‌मार्फत निवेदन गर्न चाहन्छु ।'

मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसद्‍मा ढिलाइ गर्ने छुट नभएको पनि स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्