४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

कम्बोडियामा रहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश पठाइयो

फाइल फोटो

काठमाडौँ । कम्बाेडियाबाट ४६ जना नेपालीको उद्धार गरिएको छ। 

थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सबैजना स्वदेश फर्किएका छन्।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

दूतावासकाअनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए।

दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार  र थाइल्यान्ड नजान अनुरोध गरेको छ।

हेर्नूहोस् विज्ञप्तिः


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्