४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ, प्रतिशोध साँधेको आरोप

फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक शनिबार पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले ज्यानसम्बन्धी कसुरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले जरुरी पक्राउ पुर्जी जारी गर्दै आज बिहानै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री ओली र रमेश लेखकलाई गिरफ्तार गरेको थियो। ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईँलाई ज्यानसम्बन्धी कसुरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ 

लेखकको हकमा पनि यही भाषा लेखिएको छ।

जेन्जी आन्दोलनको घटना जाँचबुझका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस गरे बमोजिमको कारबाही प्रक्रिया तत्काल थाल्ने बालेन्द्र शाह सरकारको पहिलो निर्णयलगत्तै ओली र लेखकलाई पक्राउ गरिएको हो। सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति बनाउने सरकारको निर्णय छ।

गौरी आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा कारबाही गर्न सिफारिस गरिएको छ। आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसुरमा अनुसन्धान र अभियोजन गर्न भनेको छ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री ओली पक्राउको घटनालाई लिएर जनस्तरबाट सरकारको प्रतिशोधी तथा हतारको निर्णय भनेर टिप्पणी गरिएको छ। नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायतका दलहरूले यो विषयलाई लिएर विरोध गरेका छन्। एमाले, काँग्रेसले रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ भने काँग्रेसले पनि विरोधमा उत्रिन अनुरोध गरेको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्