कार्यवाहक प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक सम्पन्न
१३ असोज २०८१, आइतबारकतिपय पक्षमा सुधार गर्नुपर्ने विषयमा भने प्रश्न उठेको उनले बताए ।
बाढीपहिरोमा परी मृत्यु हुनेको १३२ पुग्यो
१३ असोज २०८१, आइतबारगृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौँ उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् ।
हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
१३ असोज २०८१, आइतबारगृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
झ्याप्लेखोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
१३ असोज २०८१, आइतबारघटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
काभ्रेको रोशीमा फसेका बाढीपीडितको हेलिकप्टर परिचालन गरेर उद्धार गरिँदै
१३ असोज २०८१, आइतबाररोशीमा ११ जनाको मृत्यु भएको छ । पानीले बिपी राजमार्गका काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ ।
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
१३ असोज २०८१, आइतबारराष्ट्र बैङ्कका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैङ्कको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।
भोलिबाट वर्षा रोकिन्छ, कार्यक्रम सकेर फर्किने तयारी गर्दैछु: प्रधानमन्त्री ओली
१२ असोज २०८१, शनिबारमौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने बताएको ओलीले जनाएका छन् ।
बाढीको वितण्डाः विपद्मा परी ६६ जनाको मृत्यु तथा ७९ जना बेपत्ता
१२ असोज २०८१, शनिबारसशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उनकाअनुसार ललितपुरमा १८ जना काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।
प्रतिकूल मौसमका कारण त्रिविको परीक्षा स्थगित
१२ असोज २०८१, शनिबारत्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।
तीन दिन शैक्षिक संस्था बन्द, सबै परीक्षा स्थगित गरी उद्धार र राहतमा जुट्न आह्वान
१२ असोज २०८१, शनिबारशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी भोलिदेखि तीन दिन शैक्षिक संस्था बन्द तथा सबै परीक्षा स्थगित गरी उद्धार र राहतमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ ।
बाढीले गर्यो रेकर्ड ब्रेक: काठमाडौँमा सबैभन्दा बढी क्षति (तस्बिर)
१२ असोज २०८१, शनिबारशुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।
मुलुकभर २० हजार सुरक्षाकर्मी उद्धारमा परिचालन
१२ असोज २०८१, शनिबारविपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ ।
बाढीको वितण्डा: काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावली)
१२ असोज २०८१, शनिबारबिहीबार रातीदेखिको वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने
११ असोज २०८१, शुक्रबारप्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो ।
शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री
११ असोज २०८१, शुक्रबारसङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्त्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए ।
प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्नुपर्छः प्रधानमन्त्री ओली
११ असोज २०८१, शुक्रबारप्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र 'एन्टिमाइक्रोबायल रेसिस्टेन्स' घटाउने बताए ।
१८ प्रतिशतले बढ्यो साउन महिनामा विप्रेषण
१० असोज २०८१, बिहिबारअघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।
सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक: गृहमन्त्री लेखक
१० असोज २०८१, बिहिबारउनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए ।
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
९ असोज २०८१, बुधबारअमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
९ असोज २०८१, बुधबारभेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।