जलवायु अनुकूलित पूर्वाधार विकास अहिलेको आवश्यकता : खानेपानी मन्त्री
१९ भदौ २०८१, बुधबारमन्त्री यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउँदै हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्याहरूलाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे ।
काठमाडौँमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औँ सम्मेलन सुरु
१९ भदौ २०८१, बुधबारउद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।
खानेपानी तथा सरसफाइका समस्याको दीर्घकालीन समाधान खोज्न नीति बहस
१८ भदौ २०८१, मङ्गलबारआचार्यले महानगरले फोहोरबाट ग्यास निकाल्ने प्रक्रिया, ल्यान्डफिल्ड साइटहरूको उचित व्यवस्थापन, र फोहोर व्यवस्थापनमा सक्रिय रूपमा काम गर्दै आएको बताए ।
लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी
१८ भदौ २०८१, मङ्गलबारलेखा समितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो ।
बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुनिताले भनिन्, जनता आतङ्कित पार्ने सूचना किन जारी भयो ?
१८ भदौ २०८१, मङ्गलबारबागमती नदी संरक्षणसम्बन्धी मुद्दामा सर्वोच्चको आदेशको पूर्णपाठ लगत्तै महानगरपालिकाले मेयरस्तरीय निर्णयबाट बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध भएको सूचना जारी गरेको थियो ।
वार्षिक कार्य योजना बनाउन एमाले पोलिटब्युरो बैठक सुरु
१८ भदौ २०८१, मङ्गलबारबैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए ।
मौलिक हकलाई कार्यान्वयन गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
१८ भदौ २०८१, मङ्गलबारसंविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उनले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइ राखे ।
कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
१८ भदौ २०८१, मङ्गलबारकतार र नेपालबीच भएका श्रम सम्झौता पुनर्लेखन र नवीकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनले बताए ।
दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने
१८ भदौ २०८१, मङ्गलबारपुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बैंकले बताएको छ ।
सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन
१८ भदौ २०८१, मङ्गलबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।
नीतिगत सुधारमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल
१८ भदौ २०८१, मङ्गलबारचालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।
बालश्रममा लगाउने ३५ उद्योग तथा रोजगारदातालाई कारबाही
१८ भदौ २०८१, मङ्गलबारआर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बाल श्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो ।
सागर पाण्डेको नेतृत्वमा टानको नयाँ नेतृत्व निर्वाचित
१८ भदौ २०८१, मङ्गलबारपदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्याशी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका हुन् ।
प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट
१७ भदौ २०८१, सोमबारउनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए ।
अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने
१७ भदौ २०८१, सोमबारचालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।
प्रधानमन्त्री निवासको पुस्तकालय सञ्चालनमा
१७ भदौ २०८१, सोमबारपुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैङ्कका रूपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गरे ।
प्रकाश तामाङले घरमै पाए नागरिकता
१६ भदौ २०८१, आइतबारभोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छ: पूर्वमन्त्री चौधरी
१६ भदौ २०८१, आइतबारसुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, वित्तीय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुने खालका नियम कानूनहरू लागू गर्नुपर्ने बताए ।
पाँचथर विस्फोट घटनाप्रति सिजपको ध्यानाकर्षण
१४ भदौ २०८१, शुक्रबारबालबालिका खेलिरहेका बेला घरको 'लाछी'बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि एक बालकले चलाउन खोज्दा विस्फोट भएको थियो । उक्त विस्फोटक पदार्थलाई सुरक्षा निकायले ‘होममेड ग्रिनेड’ भएको अनुमान गरेको छ ।
प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसद्मा प्रस्तुत हुनुभयो: एमाले महासचिव पोखरेल
१४ भदौ २०८१, शुक्रबारजनयुद्धका नाममा माओवादीका कार्यकर्ता मात्रै मारिएनन् एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे ।